असार ३१, काठमाडौँ । काठमाडौँका विभिन्न ठाउँहरुमा सहकारी पीडितहरूले प्रदर्शन गर्ने क्रम जारी छ।
काठमाडौँ आएर विभिन्न ठाउँमा सहकारीबाट ठगिएका बचतकर्तारहरूले प्रदर्शनमा गरिरहेका छन ।
आज पनि माइतिघर-बिजुली बजार सडकमा उनीहरूले सहकारीमा बचत गरेको रकम साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने, सहकारीमा गरिएको बचतको ग्याण्टी हुनुपर्ने भन्दै प्रदर्शन गरेका छन ।
आज बिहान सहकारी पीडितले सिंहदरबार घेराउ गर्नुका साथै नयाँ बानेश्वरस्थित सहकारी विभागमा ताला समेत लगाएका थिए ।
- न्युज बहार संवाददाता