असोज २४, काठमाडौँ । बुधबार सेयर बजार परिसुचक नेप्से एकल अंकले बढेको छ । लगातार चार दिनदेखि घटेको सेयर बजार आज ५.१६ अंक (०.२७ प्रतिशत)ले बढेर १८९४.७६ बिन्दुमा बन्द भएको छ।
आज नेप्से परिसूचक बढेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने केही घटेको छ।
यस दिन २८६ वटा धितोपत्रको ३७ लाख ३३ हजार ५२४ कित्ता सेयर किनबेचबाट १ अर्ब ८ करोड ८५ लाख ४७ हजार ९८० रुपैयाँको कारोबार भएको हो।
यसदिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसदिन सिटी होटल, हाथवे इन्भेष्टमेन्ट र माण्डु हाइड्रोपावरको सेयर मूल्य १० र ९.९९ प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक ४.२१ प्रतिशतले घट्नेमा सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ।
आज
बजारमा माण्डु हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये निर्जीवन बीमा र व्यापार समूह तथा उत्पादन तथा प्रशोधन समुहकोको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ ।
आज सर्वाधिक १.८० प्रतिशतले होटल्स तथा पर्यटन समूहको परिसूचक बढेको हो।
- न्युज बहार संवाददाता