Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

युवा व्यवसायीद्वारा नुवाकोटको बट्टारमा ‘शिवालय सिनेप्लेक्स’ सिनेमा हल सञ्चालनमा

  •   १ वर्ष अघि | १४ जेष्ठ २०८२, मङ्लबार

जेठ १३, नुवाकोट । युवा व्यवसायीद्वय सन्तोष अधिकारी र पासाङ लामाले सिनेमा हल सञ्चालनमा ल्याएका छन्। विदुर नगरपालिकाको बट्टारस्थित पुरानो बजारमा शिवालय सिनेप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याइएको छ।

शिवालय सिनेप्लेक्स सिनेमा हलको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले गरेका हुन् । लगानिकर्ता सन्तोष र पासाङले सिनेमा हल निर्माणका लागि रूपैयाँ एक करोडभन्दा बढी खर्च भएको जनाएका छन ।  

अडिटोरियम हल २ सय ४० सिट क्षमताको रहेको छ भने अनलाईन बुकिङको प्रक्रियामा रहेकोले अर्को सातादेखि अनलाईनमार्फत् टिकट खरिद गर्न मिल्न सकिने सञ्चालक सन्तोष अधिकारीले जनाएका छन।

उद्घाटनको दिन नेपाली चलचित्र ‘नरसिंहा’ प्रदर्शनसँगै हल सञ्चालनमा ल्याइएको थियो । हलमा अपराह्न १२:१५, दिउँसो ३:१५ र साँझ ७:१५ गरी तीन शो मा चलचित्र प्रदर्शन हुने जनाइएको छ ।

  • न्युज बहार संवाददाता

थप