फागुन
२३, काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण
कँडेलविरुद्ध दर्ता भएको जबरजस्ती करणी उद्योगको मुद्दा फिर्ता भएको छ ।
कँडेलविरुद्ध
काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने पीडित महिलाले नै मुद्दा फिर्ता
गरेको श्रोतले जनाएको छ ।
कलाकार
तथा कर्मचारीका रूपमा इन्द्रेणी कार्यक्रममै काम गर्ने एक महिलाले कँडेलविरुद्ध जबरजस्ती
करणी उद्योगको मुद्दा दर्ता गराएकी थिइन । फागुन १३ गते आइतबार उनले आफूमाथि पटक–पटक जबरजस्ती करणीको प्रयास
भएको भन्दै कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी हुन् ।
ती पीडित
महिलाले अहिले भने कँडेलसँग आफ्नो कुरो मिलेको भन्दै मुद्दा फिर्ता लिएको बताइएको
छ। गायक कँडेलले पनि पीडित महिलाले आफू विरुद्धको मुद्दा फिर्ता लिएपछि ती
महिलाविरुद्ध आफुले काठमाडौँ जिल्ला अदालतमा दर्ता गराएको गाली बेइज्जतीको मुद्दा फिर्ता
लिइएको जनाइएको छ ।
- न्युज बहार संवाददाता