मंसिर ८, काठमाडौँ
। प्रर्दशनको पहिलो सातामा चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ले सुखद कमाइ गरेको जानकारी
प्राप्त भएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले पहिलो ७ दिनमा फिल्मले ५
करोड ५४ लाख रुपैयाँ ग्रस कमाइ गरेको जनाएको हो ।
पहिलो
साताको कमाइ उत्साहजनक रहेको वितरक मनोज राठीले बताएका छन । राठीका अनुसार फिल्मले
विहिबार मात्रै ५० लाख रुपैयाँ ग्रस कमाएको छ ।
- न्युज बहार संवाददाता