भदौ ८, काठमाडौँ । चलचित्र ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ । खिल बहादुर गुरुङ निर्देशित फिल्मको ट्रेलरमा गाउँले जीवन, प्रेम, सङ्घर्ष र सामाजिक यथार्थलाई देखाएको छ । ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देख्न सकिन्छ ।
फिल्ममा दयाहाङ
राई आफ्नो प्रेम र परिवारबिचको सङ्घर्षसँग जुधिरहेका बुझिन्छ । फिल्ममा रहेको दयाहाङ
राई र रिश्मा गुरुङसँगको केमिस्ट्रीले ट्रेलरलाई भावुक बनाएको छ । फिल्ममा अर्पण
थापा र गौमाया गुरुङ पनि देखिएका छन् ।
फिल्ममा
दयाहाङ राई, अर्पण
थापा, गौमाया
गुरुङ, रिश्मा
गुरुङ, माओत्से
गुरुङ, कविता
आले मगर, पुस्कर
गुरुङ, वीरमाया
गुरुङ, वीरवल
घले, टेक
गुरुङ, डिवी गुरुङ र बाल
कलाकार प्रेस्टु गुरुङ, असिम सुब्बा र प्रश्ना राना मगर लगायतको
अभिनय रहेको छ ।
- न्युज बहार संवाददाता