कार्तिक १२, मुम्बई । बलिउडको सबैभन्दा कमाउ फिल्म तथा सनी देओलको अभिनय करियरकै हिट मध्यको एक ‘गदर २’ को अर्को सिक्वेल ‘गदर ३’ निर्माण हुने पक्का भएको छ । निर्माण युनिट फिल्मको नयाँ सिक्वेल निर्माणका लागि जुटिसकेका छन ।
‘गदर २’ सन २००१ मा निर्माण भएको ‘गदर’ को सिक्वेलको रुपमा बनेको थियो । यस अनुसार २२ बर्षपछि ‘गदर’ को पहिलो सिक्वेल निर्माण भएको हो । अब दोस्रो सिक्वेल भने छिट्टै ल्याउने निर्माण युनिटको तयारी रहेको छ।
भारतीय बक्स अफिसमा ‘गदर २’ ले ५२५ करोड (भारु) कमाएको छ ।
- न्युज बहार संवाददाता