पुस २,
काठमाडौँ । रणवीर कपूरको हाल प्रदर्शनरत फिल्म एनिमल वल्र्डवाइड बक्स अफिसमा ८
अर्ब भारु क्लबमा प्रवेश गरेको छ ।
डिसेम्बर
१६ अर्थात् फिल्म रिलिज भएको १६ औं दिनमा विश्वभर फिल्मको कमाई १९ करोड ७६ लाख
भारु थियो । फिल्मको कूल वल्र्डवाइड कलेक्शन ८ अर्ब १७ करोड ३६ लाख भारु भएको छ ।
फिल्मले भारतीय
बक्स अफिसमा तेस्रो शनिबार १३ करोड भारु कलेक्शन गरेको थियो । योसँगै घरेलु बक्स
अफिसमा फिल्मको कलेक्शन ४ अर्ब ९८ करोड १४ लाख भारु पुगेको छ । फिल्मको हिन्दी
भर्जनको अकुपेन्सी शनिबार २२ दशमलव १४ प्रतिशत थियो । फिल्मको आइतबारको कलेक्शन
सार्वजनिक भएपछि फिल्म घरेलु बक्स अफिसमा ५ अर्ब भारु क्लबमा छिर्ने प्रायः
निश्चित भएको छ ।
अनुमान अनुसार
फिल्मको वल्र्डवाइड कलेक्शन ९ अर्ब भारु हाराहारी हुन सक्ने छ ।