कार्तिक
४, काठमाडौँ । फिल्म ‘दिमाग
खराब’को
ट्रेलर सार्वजनिक भएको छ । निश्चल बस्नेत निर्देशित फिल्मको चार मिनेट लामो ट्रेलरमा
जनता र शक्तिको कथा देखाउन खोजिएको छ ।
ट्रेलरले
रोजगारीका लागि विदेश जान लागेको पात्र (खगेन्द्र लामिछाने)ले मेनपावरबाट ठगिएपछि
भोग्नुपर्ने दुःख र कठिनाइमा फन्को मारेको देखाइएको छ ।
सार्वजनिक
ट्रेलरको सुरुमै खगेन्द्र खाली खुट्टा विमानस्थल पुगेको दृश्य देखाइएको छ ।
फिल्ममा खगेन्द्र लामिछाने , दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, पुष्कर गुरुङ, सुमन कार्की, माओत्से गुरुङ, विजय बराल, रमा थपलिया लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
- न्युज बहार संवाददाता