जेठ ११, काठमाडौँ । फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक भएको छ । नवीन सुब्बा निर्देशित यस अर्थपूर्ण र मर्मस्पर्शी फिल्मको पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे विस्तृत उल्लेख गरेको छ ।
सार्वजनिक ट्रेलर
बाबुछोराको स्नेही सम्बन्धको दृश्यबाट सुरु गरिएको छ । जतिबेला गाउँमा मोटर
आइपुग्छ भोजपुरको राई परिवारको खुसी त्यतिबेला संकटमा परेको देखाइएको छ । ट्रेलरले मोटरसँगै आउने लाहुरे, उनीहरुले ल्याउने उपहार र त्यसले
यो आदिवासी परिवारमा आउने उतारचढावको कथा पेश गरेको छ ।
- न्युज बहार संवाददाता