फागुन ५, काठमाडौं । आज
शुक्रबार चलचित्र ‘छक्का
पञ्जा ४’को
ट्रेलर सार्वजनिक भएको छ।
फिल्म
राजनीतिक रंग वरिपरी घुम्ने आज दिउँसो युट्युबमार्फत सार्वजनिक गरिएको
ट्रेलरले देखाएको छ।
ट्रेलर हेर्दा दीपकराज गिरी एक
नेताको छोराको रूपमा देखिएका छन्। उनी गुन्डागर्दीमा संलग्न छन्, जसकारण जेल गएका हुन्छन। जेल
बाट निस्किएपछि राजनीतिमा प्रवेश गर्छन्। तर आफ्नो गुण्डागर्दीकै छवीबाट बाहिरिन
सक्दैनन्। यस्तै यस्तै बिषयमा फिल्म घुमेको ट्रेलरले देखाउँछ ।
फागुन १९
गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन्। फिल्मको
कथा दीपकराज गिरीले आफैले लेखेका हुन्।
आईएमईको र आमा सरस्वती मुभिजको प्रस्तुती
रहेको फिल्मलाई दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे, निर्मल शर्मा, केशव न्यौपाने र दिपेन्द्र
खनियाँले संयुक्त निर्माण गरेका हुन्।