बैशाख २९, काठमाडौँ । लोकप्रिय टेलिभिजन हास्यश्रृंखला ‘सक्किगो नि’ तेस्रो सिजनको प्रसारणमा आउने भएको छ। आज ‘सक्किगो नि’ को तेस्रो सिजन प्रसारण हुने मिति सार्वजनिक भएको छ ।
निर्माता जेपीटी क्रिएसनले आज टिजर सार्वजनिक गर्दै कार्यक्रमलाई आगामी जेठ ११ गतेदेखि प्रसारण गर्ने जानकारी गराएको हो ।
कमेडी जनराको सिरियल भए पनि टिजर चाहिं गम्भीर र मर्मस्पर्शी खालको सार्वजनिक भएको छ।
कुमार कट्टेल र अर्जुन घिमिरेले निर्देशन गर्ने यो सिरियलको तेस्रो सिजनलाई पनि १०० भागकै हाराहारीमा निर्माणको तयारी गरिएको छ ।
- न्युज बहार संवाददाता