Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सातौं संस्करण सुरु

  •   ३ वर्ष अघि | २ चैत्र २०८०, शुक्रबार

चैत २, काठमाडौँ । हिजो बिहीबार अर्थात चैत १ गतेदेखि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सातौं संस्करण सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महोत्सव उद्घाटन गरेकी हुन । उद्घाटन गर्दै मन्त्री शर्माले आगामी बजेटमा फिल्म क्षेत्रलाई सम्बोधन गर्ने जनाएकी छन ।

मन्त्री शर्माले चलचित्र विकास बोर्डलाई निर्देशन दिदै नेपाली फिल्मको प्रवर्द्धन, विकास र सामाजिक रुपान्तरणका लागि आवश्यक योजना बजेटमा समेट्न सकिने र यसको खाका पेश गर्न भनेकी छन ।

मन्त्री शर्माका अनुसार नयाँ चलचित्र ऐन ल्याउने गृहकार्य अन्तिम चरणमा पुगेको र छलफलका लागि विधेयकको मस्यौदालाई चाँडै मन्त्रालयको वेबसाइटमा राखिनेछ ।

मन्त्री शर्माको धारणाले फिल्मकर्मीको सुझावको आधारमा मात्र विधेयक बन्ने देखिएको छ ।

  • न्युज बहार संवाददाता

थप