कात्तिक ६,
काठमाडौँ । फिल्म ‘केटी
हराएको सूचना’को दोस्रो
टिजर सार्वजनिक भएको छ । फिल्ममा नाजिर हुसेन र सृष्टि श्रेष्ठको अभिनय रहेको छ । नाजिर र सृष्टि स्टारर यस फिल्मको दोस्रो टीजरले
पनि पहिलोजस्तै प्रेम, द्वन्द्व र
सम्बन्धको रहस्यलाई चित्रण गरेको देखिन्छ ।
यो टिजर संवादहिन
छ र यसले दुई मुख्य पात्रको सम्बन्ध र घुम्तीलाई देखाइएको छ । टिजरको अन्त्यमा
युवती अर्थात सृष्टीले ले नाजिरलाई अपहरण
गरेको दृश्य राखिएको छ ।
पहिलो
टिजरमा सृष्टिलाई नाजिरले अपहरण गरेको देखाइएको थियो भने अहिलेको टिजरले पहिलोभन्दा
ठीक विपरित कथा भनेको छ । यो दोस्रो टिजरको
प्रस्तुतिले दर्शकलाई कौतुहल तुल्याउने पक्का भएको छ ।
- न्युज बहार संवाददाता