भदौ १९, काठमाडौँ
। भदौ २९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘एक भगवत् गीता’ को प्रदर्शन मिति नजिकिँदै गर्दा
फिल्म विवादमा पर्न थालेको छ ।
दुई धार्मिक संस्था आध्यात्मिक विकास समाज र हिन्दु जागरण नेपालले फिल्मले अन्तर्जातीय विवाहको सन्दर्भले हिन्दु धर्मको अपमान गरेको र सनातन हिन्दु धर्ममा आँच आउने काम गरेको र बताएपछि विवाद निम्त्याएको हो ।
दुई धार्मिक संस्थाले विवाद निम्त्याएपछि सो विवाद मिलाउन मंगलबार चलचित्र विकास बोर्डको रोहबरमा फिल्मको स्क्रिप्ट अध्ययन गर्ने भएका छन् ।
- न्युज बहार संवाददाता