Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रोकियो ‘आदिपुरुष’को बिहानी शो।

  •   ३ वर्ष अघि | १ असार २०८०, शुक्रबार

असार १, काठमाडौँ। काठमाडौँका हलहरुमा भारतीय फिल्म ‘आदिपुरुष’को बिहानी शो रोकिएको छ। ‘आदिपुरुष’ लाई लिएर विवाद चर्किएपछि चलचित्र संघको निर्देशनमा काठमाडौँ उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानको प्रदर्शन रोकेका छन् ।

आइएनआई, क्यूएफएक्स, वान सिनेमाज, बिग मूभिजसहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका हुन् ।

फिल्म हलको छाता संस्था चलचित्र संघले मुलुकभरमा विकसित परिस्थितीको कारण काठमाडौं उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को बिहानी शो अनिवार्य रोक्न र उपत्यकाबाहिर परिस्थिती हेरेर चलाउन निर्देशन सहित सबै हललाई सर्कुलर पठाएको छ।

चलचित्र संघले काठमाडौँ महानगरका मेयर बालेन शाहको अभिव्यक्तिपछि उत्पन्न परिस्थितीलाई लिएर शुक्रबार बिहान आकस्मिक बैठक बोलाएको छ ।

उक्त बैठकमा मेयर शाहको अभिव्यक्तिबारे छलफल हुने र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुने बताइएको  छ ।

  • न्युज बहार संवाददाता

थप