Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

महानगरले तिरायो ‘बगान’ फिल्मलाई जरिवाना।

  •   ३ वर्ष अघि | २ साउन २०८०, मङ्लबार

साउन २, काठमाडौँ । जथाभावी फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै काठमाडौँ महानगरपालिकाले एक फिल्म लाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

गत शुक्रबारबाट हलहरुमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बगान’को निर्माण कम्पनीले जथाभावी टाँसेको भन्दै महानगरले ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

नेपाली वेवसाइट मिडिया हाउस प्रालि नाम गरेको फिल्म निर्माण कम्पनीलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत जरिवाना गरेको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन । उनले भने ‘दुष्य प्रदूषण र फोहोरमैला गराएकोमा जरिवाना तिराएका हौं, महानगरभित्र जथाभावी पोष्टर टाँस्न नपाइने व्यवस्था छ।’

  • न्युज बहार संवाददाता

थप