जेठ १०, काठमाडौँ । भारतीय बक्स अफिसमा फिल्म ‘द केरला स्टोरी’ ब्लकबस्टर बनेको छ। यसको कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई पछी पारेको छ ।
भारतीय बक्स अफिसमा मंगलबारसम्म फिल्मले २०० करोड भारुको आँकडा पार गरी सर्वकालीन ब्लकबस्टर बनेको छ सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन।
यो फिल्म सुदीप्तो सेनद्वारा निर्देशित फिल्म हो जसले दक्षिण भारतीय राज्य केरलामा जबर्जस्ती धर्मान्तरण गर्ने कथावस्तु पेश गरेको छ। ५ मेमा रिलिज भएको यो फिल्मको कथावस्तुलाई निर्माताले यथार्थ दाबी गरेका छन भने प्रतिपक्षी दल र मुस्लिम सम्बद्ध संघसंस्थाले चाहिं काल्पनिक भएको भन्दै आलोचना र कतिपय स्थान र राज्यमा यस फिल्मलाई प्रतिबन्ध समेत लगाइएको छ।
- न्युज बहार संवाददाता