भदौं १४,
काठमाडौँ । चलचित्र ‘पूर्ण
बहादुरको सारङ्गी’ ले आफ्नो
फस्ट लुक सहित पोस्टर सार्वजनिक गरेको छ । प्रदर्शन मिति घोषणा गर्दै निर्माण
टिमले फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गरेको हो ।
फिल्मका
मुख्य पात्र विजय बराल र प्रकाश सपूतलाई सार्वजनिक फस्ट लुक पोस्टरमा स्थान दिइएको
छ ।
सार्वजनिक
पोस्टरमा प्रकाश सपूत सरकारी स्कुलको ड्रेसमा हातमा मार्कसिट बोकेर उफ्रिँदै कुदिरहेका
देखाइएको छ । यो फिल्मलाई सेभेन सिज इन्टरटेनमेन्टले विश्वभर प्रदर्शन गराउने भएको
छ भने यस फिल्मले कात्तिक १५ गते लक्ष्मीपूजालाई आफ्नो प्रदर्शन मिती घोषणा गरेको
छ ।
- न्युज बहार संवाददाता