चैत १८, काठमाडौँ । आगामी जेठ ९ गतेबाट फिल्म ‘नरसिंहा अवतार’ प्रदर्शनमा आउने भएको छ । फिल्मको फस्टलुक सहित आज सोमबार एक कार्यक्रमका बिच रिलिज मिति सार्वजनिक गरिएको हो । फिल्मको फस्टलुक रिलिज कार्यक्रम काठमाडौँको ग्लोबल कलेजमा आयोजित गरिएको छ । उक्त कार्यक्रममा कलाकार र पाँच सय बढी विद्यार्थीहरूको उपस्थितिमा रहेको थियो ।
यो
फिल्मबाट नायक राजेश हमालले ८ वर्षपछि नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् । यस
फिल्मका लेखन तथा निर्देशक दिवाकर भट्टराई रहेका छन । राजेश हमालको कमब्याक फिल्म फिल्म
भएको कारण पनि यो फिल्म विशेष र प्रतीक्षित मानिएको छ ।
आजको कार्यक्रममा
नेपाली फिल्मको इतिहासमै सबैभन्दा लामो पोस्टर सार्वजनिक गरिएको थियो ।
- न्युज बहार संवाददाता