असार १०, काठमाडौँ । फिल्म ‘लालीबजार’ फागुन १ गतेदेखि प्रदर्शनमा आउने भएको छ। षट्कोण आर्ट्सले निर्माण गर्न लागेको यस फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्।
यस फिल्मका निर्माताले आज मंगलबार टिजर पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति र अभिनेत्री खड्काको संलग्नताबारे जानकारी दिएका छन।
‘लालीबजार’को सार्वजनिक टिजर पोस्टरमा अभिनेत्री स्वस्तिमालाई गर्भवती महिलाको भूमिकामा देखाइएको छ।
यो फिल्मलाई यम थापाले लेखेका हुन भने फिल्मको निर्देशक पनि थापा नै हुन्। फिल्मका निर्माण पक्षमा खत्री र रवीन्द्रसिंह बानियाँ रहेका छन । प्रदीप भट्टराई भने कार्यकारी निर्माता हुन् ।
- न्युज बहार संवाददाता