असार ३१, काठमाडौँ । फिल्म ‘जुलेबी’ भदौ १ गतेदेखि प्रदर्शन हुने भएको छ । यो फिल्म चार महिला पात्रको प्रेमकथामा आधारित भएर बनेको हो। निर्माता र वितरण कम्पनी डीसीएनबीच फिल्म प्रदर्शनलाई लिएर सम्झौतापत्रमा हस्ताक्षर भएको छ भने फिल्मको डिजिटल राइट्स डीआएर मुभिजले खरिद गरिसकेको छ ।
भदौ १ लाइ प्रदर्शन मिति तोकेको फिल्म ‘जुलेबी’को शीर्ष भूमिकामा सुरक्षा पन्त, उषा रजक, मोनिका थापा र निशा अधिकारीका साथै पुष्कर कार्की, तुफान थापा र सुशील सिटौलाको पनि अभिनय छ ।
कार्यकारी निर्माता नवीन भट्टले यस एन्थोलोजी जनरामा निर्माण भएको फिल्मले तीन घटनालाई चित्रण गर्ने जानकारी दिएका छन । भट्टले भने ‘यी तीनै घटना लभस्टोरी कथावस्तुमा आधारित घटना हुनेछन।’
- न्युज बहार संवाददाता