फागुन २६, काठमाडौँ । आज शुक्रबारदेखि टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ को प्रसारण सुरु हुने भएको छ । बिहिबार बानेश्वरस्थित वान सिनेमाज् हलमा निर्माण युनिटले शोको पहिलो एपिसोड प्रिमियर गर्दै यसको बिषयमा जानकारी दिएको हो ।
शोका निर्देशक लक्ष्मण पौडेलले अघिल्लो भन्दा यो सिजन अझै राम्रो बनाउने प्रयास गरिएको बताए ।
प्रस्तोता सुशिल नेपाल र शोका चार मध्ये एक कोच प्रमोद खरेल समेत प्रिमिएरमा सहभागी भएका थिए। यो सिजनमा नयाँ कोचका रुपमा सुशान्त केसी शोमा भित्रीएका भित्रिएका छन्। शोमा जम्मा ४ कोचहरु हुनेछन।
- न्युज बहार संवाददाता