Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भद्रकाली मन्दिरमा फिल्म ‘माइली’ को शुभ–मुहुर्त

  •   २ वर्ष अघि | २१ साउन २०८१, सोमवार

साउन २१, काठमाडौँ । सोमबार राजधानीको भद्रकाली मन्दिरमा रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ को शुभ–मुहुर्त गरिएको छ । फिल्म माइलीलाई बाबु साहेब बलामीले निर्देशन गर्ने बएका छन भने फिल्मको मुहूर्तमा फिल्मका कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो ।

यस फिल्ममा करिश्मा मानन्धर, प्रियंका कार्की, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रितिका शर्मा, गीता अधिकारी, प्रिया रिजाल, सरिता भण्डारी, रेश्मा केसी, आश्मा पाण्डेको अभिनय रहने बताइएको छ ।

निर्देशक बलामीका अनुसार फिल्ममा महिलाको पीडा प्रस्तुत गरिनुका साथै दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ, उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ, समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा देखाइनेछ ।

  • न्युज बहार संवाददाता

थप