असार १७, काठमाडौँ । फिल्म 'माग्ने राजा' टिजरको सार्वजनिक भएको छ। नेपाली हास्यव्यङ्ग्य क्षेत्रका सर्वाधिक लोकप्रिय कलाकार केदार घिमिरे 'माग्ने बुढा' को प्रमुख भुमिका रहेको फिल्म 'माग्ने राजा' बाट उनी माग्ने राजाको रूपमा दर्शकमाझ आउँदै छन्। यस फिल्मका कलाकार घिमिरेको नै मुख्य भूमिका रहेको छ।
सार्वजनिक
टिजर रमाइला र धारिला संवादले भरिएको छ। टिजरको मुख्य भागमा पनि केदार घिमिरे नै छन्।
टिजरमा वर्षा सिवाकोटी, विल्सन विक्रम राईर शिशिर वाङ्देलको पनि उपस्थिति रहेको छ। यो फिल्म ऋषि लामिछानेको निर्देशनमा बनेको हो। फिल्मलाई आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरेले प्रस्तुत गरेका हुन् ।
- न्युज बहार संवाददाता