फागुन २५, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज आइतबार साँझ पोखराबाट काठमाडौँ आएका छन । आज पुर्व राजा काठमाडौँ आउँदा स्वागतमा जुटेका राजावादीले काठमाडौँमा गरेको प्रदर्शनका केही दृश्यहरु अब फिल्मको पर्दामा समेत हेर्न पाइने जनाइएको छ । विमानस्थलदेखि महाराजगञ्जसम्मको दृश्यलाई फिल्म ‘माग्ने राजा’ले क्यामेरामा कैद गरेको हो ।
फिल्मका ७
जना क्यामेराम्यान एयरपोर्ट, गौशाला, चाबहिल, गोपीकृष्ण हल हुँदै
महाराजगञ्जसम्मको जुलुसको दृश्य खिच्न खटिएका थिए । निर्देशक ऋषि लामिछानेका
अनुसार राजालाई स्वागत गर्न पुगेको भीडलाई ड्रोन लगायतका क्यामेराको मद्दतमा
खिचिएको छ ।
निर्देशक
ऋषि लामिछानेले जनाए अनुसार यी दृश्य खिच्न आयोजकबाट स्वीकृतिसहितको पत्र लिएको थियो र स्वीकृतिपछी मात्रै खिचिएको हो ।
- न्युज बहार संवाददाता