चैत १५, काठमाडौँ । देशभरका चलचित्र हलहरुमा आज शुक्रबारदेखि एकमात्र नेपाली फिल्म ‘डोरी’ प्रदर्शनमा आएको छ ।
फ्राइडे
रिलिज अन्तर्गत यो फिल्मले सोलो रिलिज पाएको छ । ‘डोरी’ सामाजिक कथामा हास्यरस, थ्रिलर र हररलाई समेत मिसाएर
निर्माण भएको फिल्म हो ।
अरुण लामाले फिल्मको निर्देशक गरेका हुन् । फिल्ममा प्रवीण खतिवडा, अञ्जना बराइली, शिशिर बाङ्देल, प्रकाश घिमिरे, कविता आले, राज थापा, राज पौडेल, नूतन लगायतका कलाकारको अभिनय रहेको छ ।
- न्युज बहार संवाददाता