माघ १८, काठमाडौँ । बलिउड अभिनेता शाहरुख खान चार वर्षपछि फिल्म ‘पठान’ मार्फत पर्दामा फर्किएका छन् । यही कमब्याकको अहिले सबैतिर चर्चा भइरहेको छ किनकी शाहरुख खान स्टारर फिल्म ‘पठान’ ले बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्मको रेकर्ड राखेको छ । फिल्मले पाँच दिनमा विश्वभर ५२३ करोड कमाएपछि शाहरुख खानको अनुहार र प्रतिक्रियामा यसको खुसी प्रस्टै देखिएको थियो । पठानले रिलिज भएदेखि नै रेकर्ड तोड्दै आएको छ । यही खुसी बाँड्नको लागी लामो समयपछि ३० जनवरीको साँझ शाहरुख खानले पत्रकारहरुसँग आमनेसामने बसेर प्रश्नहरूको सार्वजनिक रूपमा सम्बोधन गरेका थिए । यस पत्रकार सम्मेलनमा शाहरुख खान आफ्नो पुरानै शैलीमा देखिएका थिए । उही हाँसी–मजाक, प्रश्नहरूको गज्जब जवाफ र बीचमा कतै गम्भीर कुरा शारुख खानको पुरानो शैली हो ।
उनले भने “मैले यो चार दिनमा अघिल्लो चार वर्ष बिर्सिसकेको छु” । उनि भन्छन “हाम्रो जीवनमा जस्तै यो फिल्ममा पनि केही राम्रा र केही नराम्रा पक्षहरू छन् । मेरो लागि पनि केही समय त्यस्तै थियो”।