साउन १४, काठमाडौँ । केही समय अगाडी रातोपुलस्थित आफ्नै घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको छ ।
सारुकको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको केहि विवरण फेला परेको छ। उनको मोबाईललाई प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागी पठाइएको थियो।
झण्डै एक पाना लामो उनको मोबाइलको नोटमा उनले आफूलाई विवादमा नपार्न भनि लेखेका छन साथै उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको समेत नोटमा लेखेको जिल्ला प्रहरी परिसर, काठमाडौँ स्रोतले जनाएको छ।
उनको नोटलाई उधृत गर्दै प्रहरी स्रोतले भनेको छ, ‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु’, यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, धन्यवाद ।’
उनले आमा र बुबालाई सम्बोधन गर्दै फेरि यही परिवारमा जन्मिन पाउँ समेत भनेका प्रहरीले जनाएको छ।
- न्युज बहार संवाददाता