मंसिर
१३, मुम्बई । यस वर्षको नोभेम्बर १२ मा रिलिज भएको सलमान खानको फिल्म टाइगर–३ बलिउडमा चौथो ठुलो फिल्म बनेको छ । फिल्मको
सफलतामा सलमान खानले एउटा पत्रकार सम्मेलन आयोजना गरेका छन ।
यस पत्रकार
सम्मेलनमा उनले ठुलो घोषणा गरेका छन ।
पत्रकारहरूसँग
सलमान खानले चाँडै नै शाहरुख खानसँग फिल्ममा देखिने घोषणा गरेका छन ।
उनको
भनाई अनुसार फिल्मको तयारी सुरु भइसकेको र यसको घोषणा छिट्टै हुने छ ।
यी दुवै अभिनेता
सन् १९९५ मा बनेको फिल्म करणअर्जुनमा देखिएका थिए । अब २८ वर्षपछि उनिहरु दुबै एकैसाथ
कुनै ठुलो फिल्ममा मुख्य नायकको भूमिकामा देखिनेछन् ।
- न्युज बहार संवाददाता