असार १३, काठमाडौँ । सागर लम्साल उर्फ ‘बले’ ले फिल्म निर्माण गर्ने भएका छन।
सागरले आफ्नै होम प्रोडक्सन बले इन्टरटेनमेन्ट मार्फत फिल्म निर्माण गर्न लागेका जनाएका छन भने फिल्मको लागी स्क्रिप्ट लेख्ने काम पनि उनी आफैंले गरिरहेका छन्। जसको काम अन्तिम चरणमा छ । कमेडी र प्रेमकथामा आधारीत फिल्म निर्माण गर्न लागेको सागरले बताएका हुन ।
उनलाई धेरैले नामले भन्दा ‘बले’ उपनामले चिन्ने गरेका छन ।
- न्युज बहार संवाददाता