असोज १३,
काठमाडौँ । आगामी २० गते राष्ट्रिय नाचघर जमलमा आयोजना हुन लागेको कार्यक्रम ‘रोस्टिङ ब्याटल’ले टिकट बिक्रीबाट प्राप्त
रकमको ४० प्रतिशत रकम बाढी पीडितलाई दिइने जनाएको छ । सामाजिक सञ्जालमा एक पोष्ट
गर्दै यसबारे आयोजक ‘कमेडी
च्याम्पियन’का
निर्देशक विशाल भण्डारीले जानकारी गराएका हुन् ।
यसबारे उनले
सामाजिक सञ्जालबाट जानकारी दिएका हुन । उनी लेख्छन ‘देश र जनता विपद्मा परेको बेला
कलाकारले कलाकारिताकै माध्यमबाट सहयोग गर्न सकिने निक्यौलमा पुग्दै हामी कमेडी ‘च्याम्पियन टिम’ र ‘छक्का पन्जा ५’ टिमले आगामी २० गते हुन गइरहेको
कार्यक्रम ‘रोस्टिङ
ब्याटल’को
टिकटबाट आएको रकमको ४०% विपद् पीडितको उद्धारमा लागेको संस्थाहरूलाई सहयोग स्वरूप
उपलब्ध गराउने भएका छौँ।’
- न्युज बहार संवाददाता