जेठ २४, काठमाडौँ।
नेपाली फिल्म ‘वेलकम टु हेम्जाकोट’ को प्रिमियर हिजो मंगलबार गरिएको छ।
‘वेलकम टु हेम्जाकोट’ आगामी शुक्रवार अर्थात जेठ २६ गते देखि देशभर सार्वजनिक प्रदर्शन हुदैँ छ।
‘वेलकम टु हेम्जाकोट’ को चावहिलस्थित केएल टावरमा रहेको एफक्युब हलमा प्रिमिएर शो आयोजित गरिएको थियो।
उक्त प्रिमिएर शो मा निर्देशक तथा निर्मात्री दिपाश्री निरौला, निर्देशक तथा कलाकार नरेश पौडेल, निर्देशक ज्ञानेन्द्र देउवा, डब्बु क्षेत्री, अभिनेता कृष्ण शिवाकोटी, शोभित बस्नेत, सलोन बस्नेत, मुकुन भुषाल, मनिष राउत लगायतका कलाकर्मीको साथमा रंग पत्रकारको समेत बाक्लो उपस्थिति रहेको थियो ।
प्रिमियरमा फिल्म हेर्ने उपस्थिति अधिकाम्स ब्यक्तिले फिल्म मन परेको प्रतिक्रिया दिएका छन ।
- न्युज बहार संवाददाता