भदौ ३०, काठमाडौँ । ‘एक भागवत र एक गीता’ फिल्मले विशेष शोमा सकारात्मक प्रतिक्रिया पाएको छ । शुक्रबार साँझ कमलपोखरी स्थित बिग मुभिजमा आयोजित विशेष शोमा पत्रकार, फिल्मकर्मी र राजनीतिक व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो ।
फिल्मको विषयवस्तु र अभिनेता विपिन कार्कीको भूमिकाको अधिकांशले प्रशंसा गरेका थिए । कलाकार किरण केसी, निर्माता तथा निर्देशक आकाश अधिकारी लगायतले फिल्मको विषय बस्तु नौलो रहेको र निर्माणमा निर्माताले देखाएको आँटको तारिफ गरेका छन ।
फिल्म शुक्रबारबाट देशभर प्रदर्शनमा आएको हो ।
- न्युज बहार संवाददाता