Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रहरी हिरासतमा पवन खतिवडा ।

उनी म्याकुरी उपनामले पनि चर्चित छन‍् ।

  •   ४ वर्ष अघि | ३ फाल्गुन २०७९, बुधबार

कलाकार पवन खतिवडा(म्याकुरी)लाई मोरङमा प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरी नायब उपरीक्षक (डिएसपी) टीकाबहादुर कार्कीले बेलबारी नगरपालिका-१ स्थित एक होटलबाट उनलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। 

कलाकार पवन खतिवडाले मादक पदार्थ सेवन गरी होहल्ला र कुटपिट गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। उनीमाथि बेलबारी ४ कै जीवन कार्कीलाई कुटपिट गरेको आरोप छ । रमेश भण्डारीलाई पनि उनीसँगै प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय बेलबारीमा आएर पीडित पक्षले अहिलेसम्म जाहेरी भनेको नदिएको प्रहरीले बताएका छन।

डिएसपी कार्कीले भने ‘छलफलको लागि दुवै पक्ष आउने भनेका छन्, पीडितले जाहेरी दिए प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाउने छ।’

पीडित पक्षका आफन्तहरू प्रहरी कार्यालय आउँदै गरेको र मिलापत्र भएको अवस्थामा मात्रै उनलाई छाडिने बताए।

कलाकार पवन खतिवडाको आफ्नो युट्युब च्यानल छ । यसै युट्युब च्यानलबाट प्रसारित टेलिसिरियलमा ‘म्याकुरी' थेगोप्रयोग गर्ने हुनाले खतिवडा म्याकुरी उपनामले पनि  चर्चित छन‍्।

 

थप