भदौं ११, काठमाडौँ
। तिहारको लक्ष्मीपूजाको अवसरमा पल शाह र दीपिका प्रसाईं स्टारर फिल्म ‘मायावी’ रिलिज हुने भएको छ । यो फिल्म कात्तिक
१५ गते आउने निश्चित भएको निर्माता राज कटुवालले जनाएको छ ।
निर्माताले
औपचारिक रुपमा प्रदर्शन मिति घोषणाको तयारी गरिरहेका छन् । सोही लक्ष्मीपूजामा प्रदीप
खड्का स्टारर फिल्म ‘एक्टर’ पनि आउँदैछ । अब फिल्म ‘मायावी’ पनि लक्ष्मीपूजाकै दिनमै प्रदर्शनमा
आउने भएपछी लक्ष्मीपूजाको बक्स अफिस प्रदीप खड्का भर्सेस पल शाह हुने पक्का देखिएको
छ ।
- न्युज बहार संवाददाता