साउन २२, काठमाडौँ । साउथ सुपस्टार रजनीकान्तको नयाँ फिल्म ‘जेलर’ यतिबेला ग्राण्ड रिलिज तयारीमा जुटेको छ । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको यो फिल्म शुक्रबारबाट प्रदर्शनको गरिने छ । यो फिल्म सँगै रजनीकान्त करिब दुई वर्षपछि ठूलो पर्दामा फर्कीदै छन ।
दुईवर्षको पर्खाई पछी फ्यान उनको ताजा अवतारलाई पर्दामा हेर्न उत्सुक रहेका छन् । यति मात्र हैन दक्षिण भारतमा रजनीकान्तलाई भगवान सरह मान्ने उनलाई पछ्याउने फ्यानको क्रेज यति धेरै छ जसले गर्दा रजनीकान्तको फिल्म ‘जेलर’ रिलिजका दिन उनको गृहनगर चेन्नईका साथै बैंग्लोरलगायतका अन्य सहरका रहेका कार्यालयले आफ्ना कर्मचारीहरुलाई बिदा दिने घोषणा नै गरिसकेका छन् ।
यसैगरी अर्को तर्फ फिल्मको पाइरेसीलाई रोक्न उक्त कार्यालय व्यवस्थापनले कर्मचारीलाई निःशुल्क टिकट समेत उपलब्ध गराउने जनाएको छ । टाइम्स अफ इण्डियाले अन्य केही कार्यालयले पनि ‘जेलर’ रिलिजको दिनमा बिदा दिएर ‘जेलर मेनिया’लाई प्रस्तुत गरेको उल्लेख गरेको छ ।
- न्युज बहार संवाददाता