Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘बेहुली फ्रम मेघौली’का लागी लोकेसन खोजीको गर्दै निश्चल र स्वस्तिमा

  •   ३ वर्ष अघि | १० फाल्गुन २०८०, बिहिबार

फागुन १०, काठमाडौँ । निश्चल बस्नेत र स्वस्तिमा खड्काआफ्नो नयाँ प्रोजेक्ट ‘बेहुली फ्रम मेघौली’लाई लिएर उत्साहित रहेका छन । यो फिल्मको निर्मातादेखि शीर्ष भूमिकामा उनीहरु दुबै जना रहेका छन् ।

यो निर्मात्रीको रुपमा स्वस्तिमाको पहिलो फिचर हुनेछ भने चर्चित निर्माण नियन्त्रक शंकर पाण्डेले यो फिल्मबाट कार्यकारी निर्माताको रुपमा डेब्यु गर्नेछन । फिल्मको लोकेसन खोजीको काम चितवनको मेघौली आसपासमा गरिएको छ ।

निश्चल र स्वस्तिमाले केही साता मेघौलीमै बसेर पात्रको आनीबानी, रहनसहन र आञ्चलिकता सिकेका छन । फिल्मले लोकेसन हन्टिङदेखि निश्चल र स्वस्तिमाले पात्रबारे गरेको अध्ययन अवलोकनको सामाजिक सञ्जालबाट फोटो सार्वजनिक गर्दै जानकारी दिएको छ ।

यो फिल्मपारिवारिक कथावस्तुमा आधारित हुने छ भने यसपाली निश्चल र स्वस्तिमा अपोजिट भूमिकामा देखिनेछन् । फिल्मको छायांकन फागुन २२ देखि सुरु हुनेछ फिल्ममा निश्चल र स्वस्तिमा बाहेक विजय सिम्रन खड्का, बराल, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, सिरु खड्का, लुनिभा तुलाधर, रक्षा थापा र बसुन्धरा भुसालले पनि अभिनय गर्नेछन् ।

  • न्युज बहार संवाददाता

थप