मंसिर
२७, काठमाडौँ । ‘गोर्खा
वारियर’ नेपाली चलचित्र ब्रिटिश एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्टस्
(बाफ्टा) अवार्डमा चयन भएको छ ।
बेलायतमा
आयोजना हुँदै आएको यो अवार्ड ओष्कार अवार्ड पछि संसारकै प्रतिष्ठित अवार्ड मानिन्छ भने ‘गोर्खा सैनिकलाई बेलायती
नागरिकहरूले उच्च सम्मान दिँदै आएको अवस्थामा नेपाली चलचित्र गोर्खा वारियर
बेलायतकै प्रतिष्ठित अवार्ड वाफ्टामा चयन हुनु नेपाली चलचित्र उद्योगकै लागि
गौरवको विषय हो भएको चलचित्र गोर्खा वारियरका निर्देशक मिलन चाम्सले बताएका छन ।
वाफ्टाले यस अवार्डमा प्रदर्शनी गरिने
चलचित्रहरूको सूची सार्वजनिक गरेको छ । यो अवार्डमा विभिन्न युरोपियन फिल्महरु सहित हलिउड फिल्म पनि चयन भएका छन् । जसमा नेपाली
चलचित्रमा गोर्खा वारियर यो अवार्डमा चयन भएको हो ।
निर्देशक चाम्सका अनुसार यो अवार्डका लागि बेस्ट फिल्म, डिरेक्टर, एक्टर, फिल्म (अंग्रेजी बाहेक) र बेस्ट
ब्रिटिश फिल्म विधामा चलचित्र गोर्खा वारियरले प्रतिस्पर्धा गर्ने छ ।
- न्युज बहार संवाददाता