Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

भारतीय नेत्र चिकित्सकले दिए गयिका मेनुका पौडेललाई ‘गिफ्ट अफ साइट’ एआई जडित चस्मा

  •   ३ वर्ष अघि | १५ माघ २०८०, सोमवार

माघ १५, काठमाडौँ ।  इन्डियन आइडलमा प्रतिस्पर्धामा आएपछी एकपछि अर्को गर्दै चर्चा र सफलता हात पारिरहेकी नेपाली गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गरेकी छन् ।

चिकित्सकले इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपालकी प्रतिस्पर्धी मेनुका पौडेललाई आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्रदान गरेका हुन ।

भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले आइतबारको इण्डियन आइडलको एपिसोडमा मेनुकालाई एआई जडित उक्त विशेष चस्मा प्रदान गरेका हुन् । मेनुकाले शोको मञ्चमै उक्त चस्मा लगाएर डेमो प्रदर्शन समेत गरेकी थिइन ।

मेनुकाले गायिका लता मंगेशकरको गीतमा पर्फम गरेपछि चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेजमा उक्लिएका थिए । ‘गिफ्ट अफ साइट’  भन्दै चिकित्सकले मेनुकालाई चस्मा दिएका थिए ।

उक्त चस्मामा क्यामेरा जडान गरिएको छ । क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त इमेजबारे विस्तृत चित्र बनाउने गर्दछ  भने चस्माको सेन्सरमा एआई जडान गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप