मंसिर ६, काठमाडौँ
। फिल्म सेन्सर बोर्डलाई नेपालको मौलिकता, संस्कृति, धर्म, स्वाभिमान र स्वाधीनतामा आँच आउने दृश्य
र संवाद प्रसारणमा रोक लगाउनेसहितका चारबुँदे सुझावसहित काठमाडौँ महानगरपालिकाका
मेयर बालेन साहले पत्र लेखेका छन् ।
शान्ति
प्रवर्द्धन, पञ्चशील
सिद्धान्त, एक
राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको जस्ता चलचित्र प्रसारणमा
रोक लगाउन केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षलाई पठाइएको पत्रमा पनि आग्रह
गरिएको छ ।
मेयर बालेनले
कुनै पनि वर्ण, जातजाति, लिंग समुदाय तथा शारीरिक, मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिको
स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद (हेट स्पिच)मा रोक लगाउने समेत माग राखेका
छन् ।
मेयरले
पठाएको पत्रमा यी विषयवस्तुलाई प्राथमिकतामा राख्न समेत उनको आग्रह गरिएको छ । मेयर
साहले सेन्सर बोर्डले चलचित्र जाँच समितिको कार्यविधि २०७४ कार्यान्वयनमा ल्याएको
सन्दर्भमा पत्र लेखेका हुन् ।
- न्युज बहार संवाददाता