Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘होस्टेल ३’ले पहिलो साता कति कमायो?

  •   २ वर्ष अघि | २ चैत्र २०८१, शनिबार

चैत २, काठमाडौँ । अघिल्लो सातादेखि प्रदर्शनमा आएको फिल्म ‘होस्टेल ३’ले पहिलो साता पुरा गरेको छ । सबैलाई यो फिल्मको कमाई कति भयो होला भन्ने लागिरहेकै होला । यसबारे बक्स अफिस र निर्माताका र फरक फरक जवाफ दिएका छन ।

फिल्मको ग्रस कलेक्सन ४ करोड ३२ लाख निर्माताले सार्वजनिक गरेको पहिलो साताको कमाइमा उल्लेख गरिएको छ भने सरकारको आधिकारिक बक्स अफिसमा २ करोड ६८ लाख रुपैयाँ ग्रस देखाइएको छ ।

दुबैको डाटामा १ करोड ६४ लाखको अन्तर देखिएको छ ।

कलेक्सनले जस्तो देखाए पनि ‘होस्टेल ३’ सुपरहिट हुने बाटोतर्फ उन्मुख रहेको छ । युवा पुस्ताका कलाकारलाई समेटेर बनाइएको यो फिल्मले तन्नेरी कलाकारलाई हलहरुमा तानिरहेको छ ।

यस फिल्ममा पारस बम ठकुरी, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, पदम तामाङ, समा पराजुली, रिहान गिरी, लगायतको मुख्य भूमिका छ । 

  • न्युज बहार संवाददाता

थप