Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कस्तो छ चलचित्र बलिदानको व्यापार?

  •   १२ महिना अघि | १५ असोज २०८२, बुधबार

असोज १५, काठमाडौँ । दसैँको अवसर पारेर फुलपातीको दिनदेखी तीन नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ देशभर प्रदर्शनमा आएका छन्। यी चलचित्रहरू दसैँको विदा भएको भए पनि अपेक्षित व्यापार गर्न नसकेका देखिएको छ।

चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपका अनुसार ‘बलिदान’ ले दुई दिनमा कुल १ करोड ५ लाख ६५ हजार रुपैयाँको ग्रस कलेक्सन गरेको छ।

पहिलो दिन (असोज १३ गते) २४४ शोमार्फत ५७ लाख १९ हजार ३४० रुपैयाँको कारोबार गरेको यस फिल्मले दोस्रो दिन २१३ शोबाट ४८ लाख ४६ हजार रुपैयाँ कमाएको हो।

सन्तोष सेनको निर्देशनमा बनेको ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

  • न्युज बहार संवाददाता

थप