Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हरिवंश आचार्य मलाई मनपर्ने कलाकार हुन म पनि समय मिलेमा ‘महाजात्रा’ फिल्म हेर्छु : केपी शर्मा ओली

  •   ३ वर्ष अघि | ९ चैत्र २०८०, शुक्रबार

चैत ९, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ हेर्ने चाहना व्यक्त गरेका छन । उनले फेसबुकमा पोस्टर सेयर गर्दै समय मिलेको खण्डमा यो फिल्म हेर्ने उल्लेख गरेका छन ।

केपी ओलीले लेखेका छन, ‘हरिवंश आचार्य मलाई मनपर्ने कलाकार हुन, आजदेखि उहाँको महाजात्रा चलचित्रको प्रदर्शन सुरु भएको रैछ । अघि सामाजिक सञ्जालमा पोष्टर हेरेर थाहा पाए । यो फिल्ममा पछिल्लो पटक धेरैले प्रशंसा गरेका डाइरेक्टर प्रदीप भट्टराईको कला र अत्यन्तै राम्रो अभिनय भएका अभिनेता विपिन कार्की, रवीन्द्र झा, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, राजाराम पौडेलको अभिनय एकै पटक हेर्न पाइने रहेछ । म पनि समय मिलेमा फिल्म हेर्छु ।’



  • न्युज बहार संवाददाता

थप