साउन १७, काठमाडौँ । नेपाली युवाहरू मिलेर राइडिङ शेयर एप ‘सवारी’ सञ्चालनमा ल्याएका छन । उक्त एपको राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उद्घाटन भएको छ । साथै कम्पनीको ब्राण्ड एम्बेस्डरको रूपमा हास्य कलाकार कक्रोज अर्थात हरिस निरौला नियुक्त भएका छन् ।
सवारी एपले हाल ललितपुर भक्तपुर र काठमाडौँलाई विशेष आधार बनाएर विभिन्न राइड सेरिङ एप बनाएको छ । यसैगरी छिट्टै देशका विभिन्न प्रमुख सहरहरूमा बाइक, कार, ट्याक्सी र ट्याम्पोको समेत सेवा दिने सोचका साथ सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा बोल्दै ब्राण्ड एम्बेस्डर कक्रोजले बजारमा आएका अन्य विभिन्न राइडिङ शेयर एप भएता पनि ति एप विदेशी भएको र त्यसबाट नेपाली रकम बाहिर गएको बताएका छन । तर सवारी नितान्त नेपाली युवाहरूले निर्माण गरेको हुँदा सबैले यसलाई प्रयोग गर्न उनले अनुरोध समेत गरेका छन ।
- न्युज बहार संवाददाता