पुस ८, काठमाडौँ । असार २८ गते अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना
मगरको मुख्य भूमिका रहने फिल्म ‘घरज्वाइँ’ पनि सार्वजनिक प्रदर्शनमा आउने बताइएको छ ।
वितरक
रोहित कट्टेलसँगको छलफलपछि निर्माण युनिटले प्रदर्शन मिति सार्वजनिक गरेको हो । फिल्मको
थिम पोस्टर पनि प्रदर्शन मितिसँगै सार्वजनिक भएको छ ।
फिल्ममा अनिल बुढामगरको
निर्देशन रहने छ भने दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, शिशिर बाङ्देल, पुष्कर गुरुङ, शिला आले, कविता आले, बिना थापामगर, राज थापा, अनु थापा, खबपु पुनको अभिनय रहनेछ ।
यो फिल्मको
छायाङ्कन
माघ तेस्रो साताबाट सुरु हुनेछ भने फिल्म पूर्वी रुकुममा खिचिनेछ ।
- न्युज बहार संवाददाता