माघ २१, काठमाडौँ । ‘घरज्वाइँ’ निर्माण युनिटले नयाँ फिल्म बनाउने घोषणा गरेका छन । ‘घरज्वाइँ’ निर्माण युनिटले नयाँ फिल्म ‘मितज्यू’ निर्माण घोषणा गरेको हो । सरस्वती पूजाको अवसर पारेर फिल्म निर्माण घोषणा गरिएको निर्माण युनिटले जनाएको छ ।
फिल्ममा अनिल
बुढा मगरको निर्देशन र जनक घर्ती मगरको लगानी र रहने जनाइएको छ । घोषणासँगै
फिल्मको एक पेन्टिङ्ग थिम पोस्टर सार्वजनिक गरिएको छ । जसमा एक भ्यान अगाडी दुई
पात्रलाई सामान बोक्न हातको पञ्जा जुधाई रहेको अवस्थामा प्रस्तुत गरिएको देखाइएको
छ ।
- न्युज बहार संवाददाता