साउन १, काठमाडौँ। नेपालमा स:शुल्क प्रसारण हुने विदेशी च्यानलहरु आजदेखी बन्द भएको छ।
सरकारले ‘आला कार्ट’ शुल्क प्रणालीका लागि मागेबमोजिम वितरकहरुले च्यानलहरुको प्याकेजहरु उपलब्ध नगराएकाले स:शुल्क प्रसारण हुने विदेशी च्यानलहरु आजदेखि बन्द भएको हो।
यसबारे जानकारी दिदैँ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रशारण विभागले भारतीय सःशुल्क (पे) टीभी च्यानल प्रसारक संस्थाहरुले नेपालको ‘आला कार्ट’ प्रणाली लागू गर्न सहयोग नगरेको उल्लेख गरेको छ।
विभागले यस विषयमा सम्बद्ध सबैलाई सरकारी निर्णयलाई दृढतापूर्वक सहयोग गर्न अपील समेत गरेको छ जनाएको छ ।
- न्युज बहार संवाददाता