चैत
१२, काठमाडौं । यतिबेला पशुपतिनाथ मन्दिर क्षेत्रमा फिल्म ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखलाको अर्थात ‘भष्मे डन’को धमाधम छायांकन भइरहेको छ । ‘पशुपतिप्रसाद’२०७३ सालको हिट फिल्म हो। गएको
शुक्रबारदेखि सुरु भएको ‘भष्मे डन’को छायांकन पशुपति क्षेत्रमा एकमहिना सम्म
चल्ने निर्माण पक्षले बताएको छ।
यसै
क्रममा ‘भष्मे डन’ को छायांकन सेटबाट अभिनेत्री स्वस्तिमा खड्काको फस्ट लुक्स सार्वजनिक
भएको छ। उक्त सार्वजनिक लुक्समा उनलाई दुर्गा भवानीको रुपधारण गरेको
देख्न सकिन्छ । पशुपति परिसरमा देवी दुर्गा माताको अवतारमा प्रस्तुत भएकी उनीसँग आशिर्वाद
लिन र फोटो खिच्न चाहनेको मानिसहरुको घुइँचो देख्न सकिन्छ । अनुहारमा लगाइएको
दुर्गा माताको जस्तै रङ र दुर्गामाताकै गेटअपले गर्दा फिल्ममा स्वस्तिमाको पात्र
निकै रोचक हुन सक्ने अनुमान गर्न सकिन्छ।
यस
चलचित्रलाई आउँदो विजया दशमिमा रिलिज गर्ने तयारीका साथ काम भइरहेको निर्देशक दिपेन्द्र
के खनालले जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता