Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘मिस्टर नेपाल २०२३’ को उपाधि समर्पण कार्कीलाई।

  •   ३ वर्ष अघि | ७ साउन २०८०, आइतवार

साउन ७, काठमाडौँ । समर्पण कार्कीले न्यु लुक ‘मिस्टर नेपाल २०२३’ को उपाधि जितेका छन् ।

पेसाले पाइलट रहेका विराटनगरका ३२ वर्षीय कार्कीले १८ प्रतियोगीलाई पछि पार्दै मिस्टर नेपाल २०२३’ को शीर्ष उपाधि चुमेका हुन् ।

यससँगै कार्कीले मिस्टर इन्टल्लेक्चुअलको उपाधि समेत हासिल गरेका छन। उनी युवाहरुको माझ प्रेरणाको श्रोत बन्ने उद्देश्यसहित प्रतियोगितामा सहभागी भएका थिए । 

प्रतियोगितामा शीर्ष विजेता कार्कीले नगद ५ लाख बराबरको उपहार हात पारेका छन भने यसको अलवा मिस्टर 'ग्लोबल २०२३’ वा ‘मिस्टर वर्ल्ड २०२३’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरेका छन् ।

मिस्टर नेपालको फिनाले दरबारमार्गस्थित होटल याक एन्ड यतिमा शनिवार साँझ एक भव्य समारोहकाबीच आयोजना भएको थियो।

  • न्युज बहार संवाददाता

थप